Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने र विक्रम पाण्डेद्वारा कोटिहोम महायज्ञको दर्शन 

रवि लामिछाने र विक्रम पाण्डेद्वारा कोटिहोम महायज्ञको दर्शन 

images
  • रवि लामिछाने र विक्रम पाण्डेद्वारा कोटिहोम महायज्ञको दर्शन 
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश चितवन । नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको  शहरी विकास मन्त्री विक्रम पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अवलोकन गरेका छन् । पाण्डे र लामिछाने आउने भएपछि महायज्ञमा आज दिनभर भक्तजनको बाक्लो भिड लागेको थियो ।

    images
    images
    images

    महायज्ञको अवलोकनपछि बोल्दै मन्त्री पाण्डेले सनातन धर्मको रक्षाका लागि सरकारले गौवनको व्यवस्था गर्नुपर्ने बताए । धर्म संस्कृतिको संरक्षणका लागि कोटिहोम महायज्ञ महत्वपूर्ण भएको उनले बताए ।

    images
    images
    images

    रास्वपाका सभापति लामिछानेले नारायणी किनारजस्तो पवित्र स्थलमा भएको धार्मिक अनुष्ठानले सनातन धर्मको संरक्षणमा टेवा पुग्ने बताए । गृहमन्त्रालयमा ३२ दिन रहँदा आफुले दर्जनौँ आमाबुबाको समस्या सम्बोधन गरेको उनले बताए । आफुलाई विरोधीले देश निकाला गर्नेदेखि ज्यान नै मार्नेसम्मको योजना बनाएको उनको भनाइ थियो । महायज्ञमा आयोजकले उनको अभिषेक गराएर शान्ति र प्रगतिको कामना समेत गरेका थिए ।

    images
    images
    images

    आफुले सत्यको बाटो नछाडेको उनले बताए । न्याय र अन्यायको फैसला चितवनका जनताले गर्ने बताउँदै उनले भने, ‘अदालतको फैसला त भयो, तर न्याय भयो कि भएन त्यो चितवनको जनताले भन्ने छन् ।’ आफु लड्दा फेरि उठेर हिँड्ने साहस चितवनले दिएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।