Logo

२०८३, आश्विन ९गते


images
images

शिक्षा दिवस

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदै

images
  • आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदै
    images
    images

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइदैछ । २०१८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले शान्ति र विकासका लागि शिक्षाको भूमिकाको उत्सव मनाउन जनवरी २४ लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा घोषणा गरे अनुसार हरेक बर्ष जनवरी २४ मा विश्वभर शिक्षा दिवस मनाउने गरिन्छ ।

    images
    images
    images

    नेपालमा हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ । यस बर्षको अन्तर्राष्ट्रिय शिक्षा दिवसको नारा 'शिक्षाको सह-सिर्जनामा युवा शक्ति' भन्ने रहेको छ । 

    images
    images
    images

    यसले परिवर्तनको सक्रिय एजेन्टको रूपमा युवाहरुको भूमिकालाई बुझ्दै भविष्यका लागि तयार, समावेशी शिक्षा प्रणालीहरूको डिजाइन, कार्यान्वयन र शासनमा युवाहरूलाई प्रमुख साझेदारको रूपमा उकास्ने कुरामा केन्द्रित गरेको छ ।

    images
    images
    images

    युनेस्कोको एक आँकडा अनुसार आज, २५ करोड बालबालिका र युवाहरू विद्यालय बाहिर छन् भने विश्वमा ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्। उनीहरू शिक्षाको अधिकारबाट अझै पनि बन्चित रहेका छन् ।     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।