Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

बोर्नमाउथसँग लिभरपुल स्तब्ध, म्यानचेस्टर सिटी विजयी

बोर्नमाउथसँग लिभरपुल स्तब्ध, म्यानचेस्टर सिटी विजयी

images
  • बोर्नमाउथसँग लिभरपुल स्तब्ध, म्यानचेस्टर सिटी विजयी
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले अर्को हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

    images
    images
    images

    बोर्नमाउथको जितमा एभानिलसन, एलेक्स जिमेनेज र अमिन अदलीले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलका लागिभिर्गिल भानडाईक र डोमिनिक जोबोजलाईले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    यो हारपछि लिभरपुल लिगको चौथो स्थानमा रहेको छ । लिभरपुलको २३ खेलमा ३६ अंक रहेको छ । त्यसैगरी बोर्नमाउथको २३ खेलमा ३० अंक भएको छ र लिगमा १३औंस्थानमा छ ।

    images
    images
    images

    त्यसैगरी लिगको अर्को खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको थियो । सिटीको जितमा ओमार मार्मोउश र एन्टोनी सेमेन्योले एक एक गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर सिटीको जितपछि २३ खेलमा ४६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै वोल्भ्सको भने २३ खेलमा ८ अंक रहेको छ र लिगमा पुछारमा छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इङलिश प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।