Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

मतदातालाई महावीर पुनको आग्रह : पैसामा नबिक्नु !

मतदातालाई महावीर पुनको आग्रह : पैसामा नबिक्नु !

images
  • मतदातालाई महावीर पुनको आग्रह : पैसामा नबिक्नु !
    images
    images

    काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    म्यादीमा चुनाव प्रचारको क्रममा पुनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका दिएको हुने बताउदै पैसामा बिक्ने मान्छे सिधै नर्क जाने बताएका हुन् ।

    images
    images
    images

    पुनले भनेका छन्- 'दुईचार हजार, पाँचसात हजार वा आठ दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ । किनभने उसले भविष्यको हाम्रो छोरा नातिलाई सिधा धोका दिएको हुन्छ । अहिले पैसामा बिक्नु भनेको छोरा-नातिले दुःख पाउनु हो ।’ 

    images
    images
    images

    उनले पैसामा मत बेच्दा आउँदो पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।  ‘छोरा-नातिको श्राप लाग्छ । पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ र केके गरेर कुटाइ खान्छ ।’

    पुनको चुनाव प्रचारको शैली अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय समेत बनेको छ । उनले अहिले आफु स्वतन्त्र उठेपनि चुनाव जितेमा युवाहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।