Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधी सभा निर्वाचन

मदाने गाउँपालिकाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, कर्मचारीलाई नगदसहित सम्मान

मदाने गाउँपालिकाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, कर्मचारीलाई नगदसहित सम्मान

images
  • मदाने गाउँपालिकाद्वारा निर्वाचन आचारसंहिता उल्लंघन, कर्मचारीलाई नगदसहित सम्मान
    images
    images

    नविन केसी, गुल्मी । मदाने गाउँपालिकाले निर्वाचन आचारसंहिता-२०८२ को उल्लंघन गर्दै कर्मचारीलाई नगदसहित सम्मान तथा पुरस्कृत गरेको पाइएको छ । गाउँपालिकाकाे माघ १५ गते सम्पन्न गाउँसभाको बैठकमा निर्वाचनमा प्रभाव पर्न सक्ने कर्मचारीहरूलाई आर्थिक सुविधासहित सम्मान गरिएको जनाइएको छ ।

    images
    images
    images

    निर्वाचन आचारसंहिता-२०८२ को अनुच्छेद ३ को उपदफा ५ (च) मा “नयाँ पद सिर्जना गर्ने, रिक्त पद पूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा प्रदान गर्ने वा पुरस्कृत गर्न नहुने” स्पष्ट व्यवस्था रहेको छ । सो व्यवस्था विपरीत मदाने गाउँपालिकाले निर्वाचनमा खटिने कर्मचारीहरूलाई नगदसहित सम्मान गरेको भन्दै स्थानीयस्तरमा आलोचना भएको छ ।

    images
    images
    images

    कर्मचारीलाई नगदसहित सम्मान गरिएको विषयमा सेतोमसीलाई प्रतिक्रिया दिंदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमार्जुन भुसालले गाउँपालिकाले हरेक वर्ष कर्मचारीलाई आलोपालो नगदसहित सम्मान गर्दै आएको बताए । 'हरेक वर्ष कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आइएको हो, यो वर्षपनि त्यसैलाई निरन्तरता दिइएको हो' अधिकृत भुसालले भने । 

    images
    images
    images

    यस विषयमा निर्वाचन अधिकृतको कार्यालयबाट गाउँपालिकाले राय लिएको हो, या होइन भन्ने प्रश्नमा उनले नियमित कार्य भएको हुनाले राय नलिइएको बताए । 

    सोही विषयमा सेतोमसीले गुल्मीका जिल्ला निर्वाचन अधिकृत ऋषि घिमिरेसंग जिज्ञासा राख्दा गाउँपालिकाले गरेको कार्य निर्वाचन आचारसंहिता विपरित देखिएको बताए । 'यसरी पुरस्कार वा सम्मान वितरण गर्न मिल्दैन, यो आचारसंहिता विपरित छ ।'  घिमिरेले भने, 'मलाई यसअघि जानकारी थिएन, यो विषय जिल्ला आचारसंहिता अनुगमन समितिमा फरवार्ड गर्छु ।' 
     
    निर्वाचन आचारसंहिताको पालना गर्नु सबैको दायित्व हो । निर्वाचनको संवेदनशील समयमा राज्यका सबै निकाय र सम्पूर्ण नागरिक संयमित हुन जरुरी छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मदाने गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।