गुल्मी । गुल्मीको मदाने गाउँपालिका कार्यालयले स्थानीय तह निर्वाचनको लागि खटिएका निर्वाचन अधिकृतलाई विदाइ गरेको छ । मंगलबार पालिकाको सभाहलमा एक कार्यक्रम आयोजना गरि प्रमुख निर्वाचन अधिकृत कुल बहादुर जिसि लगायतलाई विदाई गरेको हो ।
सो अवसरमा बोल्दै पालिका अध्यक्ष महेन्द्र बहादुर कुवँर र उपाध्यक्ष सरिता खड्काले निष्पक्ष निर्वाचन गराउन सफल भएकोमा निर्वाचन अधिकृतको कार्यालय टिमलाई बधाई दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत कुल बहादुर जिसीले शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेकोमा स्थानीय राजनीतिक दल लगायतलाई धन्यवाद दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology