Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने- यहाँ डोजर चलाउदिन !

झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने- यहाँ डोजर चलाउदिन !

images
  • झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने- यहाँ डोजर चलाउदिन !
    images
    images

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान शुरु गरेका छन् ।

    images
    images
    images

    मंगलबार बिहानैदेखि विभिन्न झापा-५ का विभिन्न स्थानमा पुगेर बालेनले सामुहिक छलफल शुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने प्रयास गरिरहेको र छलफलमा राखिएका कुरा ध्यानपूर्वक सुनेको स्थानीयले बताएका छन् ।

    images
    images
    images

    यसैबीच बालेन झापा-५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । बालेनले झापाको अवस्था फरक रहेको, यहाँ असली सुकम्बासी भएकोले डोजर नचलाउने र आफुहरुले समस्या समाधान गर्ने बताए ।  

    images
    images
    images

    बालेन आफ्नो निर्वाचन क्षेत्रका साथै कोशी प्रदेशका अन्य जिल्लामा पनि चुनावी अभियानमा सहभागी हुने रास्वपाले जनाएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली पुगेका बालेन सोमबार मात्र झापा आएका हुन् ।

    झापा-५ मा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गरिरहेकाले यस क्षेत्रमा देशभरको चासो रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झापा
  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।