Logo

२०८३, आश्विन १७गते


images
images

ठक्कर

झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

images
  • झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु
    images
    images

    झापा । झापाको भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

    images
    images
    images

    कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१-०१-००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका-९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    images
    images
    images

    कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्‍याएका थिए । शव सोही अस्पतालमा रहेको छ । कार र चालक झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४६ वर्षीय मदन प्रसाईलाई नियन्त्रणमा लिईएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झापा
  • # कारको ठक्कर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।