Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

टी-२० विश्वकपको कमेन्ट्री प्यानल सार्वजनिक, को को छन् ?

टी-२० विश्वकपको कमेन्ट्री प्यानल सार्वजनिक, को को छन् ?

images
  • टी-२० विश्वकपको कमेन्ट्री प्यानल सार्वजनिक, को को छन् ?
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शनिबारदेखि शुरु हुने आईसीसी पुरुष टी-२० विश्वकप २०२६ का लागि चर्चित तथा अनुभवी कमेन्टेटरहरूको घोषणा गरेको छ । विश्वभरका दर्शकलाई लक्षित गर्दै आइसीसीले प्यानल तयार गरिएको  जानकारी दिएको छ ।

    images
    images
    images

    आईसीसीले भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने प्रतियोगिताका क्रममा आईसीसी.टीभीमार्फत पूर्व महान् खेलाडी तथा वर्तमान स्टार खेलाडीहरूको कमेन्ट्री रहने जानकारी दिएको छ । टी-२० विश्वकपको १०औँ संस्करणअन्तर्गत ५५ खेल खेलाइनेछन् भने मार्च ८ मा फाइनल हुनेछ ।

    images
    images
    images

    आईसीसीका अनुसार सबै प्रसारण साझेदारलाई एउटै विश्वस्तरीय ‘वर्ल्ड फिड’ सेवामार्फत कमेन्ट्री उपलब्ध गराइनेछ, जसले सबै बजारमा समान र उच्च गुणस्तरको कभरेज सुनिश्चित गर्नेछ ।

    images
    images
    images

    कमेन्टेटरको सूचीमा रवि शास्त्री, नासेर हुसेन, इयान स्मिथ, इयान बिशप, आरोन फिन्च, दिनेश कार्तिक, कुमार संगाकारा, शमूएल बद्री, रोबिन उथप्पा, कार्लोस ब्राथवेट, इयोन मोर्गन, वसीम अक्रम, सुनील गावस्कर, म्याथ्यू हेडेन, रमिज राजा, डेल स्टेन, माइकल एथर्टन, वकार युनिस, साइमन डौल, शन पोलक, केटी मार्टिन, हर्षा भोगले, एमपुमेलेलो एमबांगवा, नताली जर्मनोस, ड्यानी मोरिसन, एलन विल्किन्स, इयान वार्ड, मार्क हावर्ड, निक नाइट, अथर अली खान, कास नायडू, बाजिद खान, रौनक कपूर, नियाल ओब्रायन, प्रेस्टन मोमसेन, एन्ड्रयू लियोनार्ड, रसेल अर्नोल्ड, रोशन अबेसिंघे, एन्जेलो म्याथ्यूज र टेम्बा बाभुमा समावेश छन्।

    आईसीसी.टीभीको प्रसारणमा प्रि-म्याच कार्यक्रम, इनिङ्स ब्रेक विश्लेषण, पोस्ट-म्याच समीक्षा तथा दैनिक हाइलाइट्स समावेश गरिनेछ, जसले नकआउट चरणसम्मका सबै गतिविधि समेट्ने आईसीसीले जनाएको छ।

    आईसीसीले यो कमेन्ट्री टोली प्रतियोगिताको विश्वव्यापी स्वरूप झल्काउने र क्रिकेटप्रेमीको अवलोकन अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्यका साथ चयन गरिएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।