काठमाडौँ । आइसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले ३ विकेटको जीत निकालेको छ । नेदरल्याण्डसले दिएको १४८ रनको लक्ष्य १९ ओभर ३ बलमा पुरा गर्दै पाकिस्तानले पहिलो जीत निकालेको हो ।
टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९ ओभर ५ बलमा अल आउट हुदै १४७ रन बनाएको थियो ।
नेदरल्याण्डसका लागि कप्तान स्कट एडवाड्र्सले सर्बाधिक ३७ रन बनाए भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिन एकरम्यानले २० रन बनाएका थिए ।
त्यस्तै पाकिस्तानका बलर सलमान मिर्जाले ३ विकेट लिए भने मोहमद नवाज, अब्रार अहमद र सैम आयुबले २-२ विकेट लिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology