Logo

२०८३, श्रावण ३०गते


images
images

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, पिकनिक खान गाएका ४ बालक घाइते

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, पिकनिक खान गाएका ४ बालक घाइते

images
  • सप्तरीमा शंकास्पद वस्तु विस्फोट, पिकनिक खान गाएका ४ बालक घाइते
    images
    images

    सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । बनभोज खान गएका बालकले खोलामा फेला परेको सकेट बमजस्तो देखिने वस्तु दाउरासँगै जम्मा गरी चुल्हो नजिक राखेका थिए । त्यसै क्रममा उक्त वस्तु अचानक विस्फोट भएको हो ।

    images
    images
    images

    विस्फोटमा परेर साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षका छोरा सुरज घाइते भएका छन् ।

    images
    images
    images

    घाइतेलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको छ । साहस र प्रशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने कविर र सुरजको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    स्थानीयले उक्त स्थान नेपाली सेनाको अभ्यासस्थल रहेको र त्यहाँ छुटेको वा विस्फोट हुन नसकेको बम पड्किएको हुन सक्ने आशंका गरेका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।