Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

स्कटल्याण्डविरुद्ध शेफर्डको ह्याट्रिक, वेस्ट इण्डिज ३५ रनले विजयी

स्कटल्याण्डविरुद्ध शेफर्डको ह्याट्रिक, वेस्ट इण्डिज ३५ रनले विजयी

images
  • स्कटल्याण्डविरुद्ध शेफर्डको ह्याट्रिक, वेस्ट इण्डिज ३५ रनले विजयी
    images
    images

    काठमाडौँ । वेस्टइण्डिजले जारी आइसीसी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न समुह सी अन्तर्गतको खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेर विश्वकपमा विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    वेस्टइण्डिजले दिएको १८३ रनको लक्ष्य पछाएको स्कटल्याण्डले १८.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

    images
    images
    images

    स्कटल्याण्डका लागि कप्तान रिची बेरिङ्टनले सर्बाधिक ४२ रन बनाएका थिए भने टम ब्रुसले ३५ रन र जर्ज मुन्सीले १९ रन बनाएका थिए ।

    images
    images
    images

    स्कटल्याण्डलाई अल आउट गर्नेक्रममा रोमारियो शेफर्डले ह्याट्रिकसहित एक ओभरमा ४ विकेट लिएका थिए भने उनले कुल ५ विकेट लिएका थिए । त्यस्तै जासन होल्डरले ३ विकेट लिएका थिए ।     

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको थियो । वेस्टइण्डिजका लागि शिमरोन हेटमायेरले सर्बाधिक ६४ रन बनाएका थिए भने ब्राण्डन किंगले ३५, शेरफान रुथरफोर्डले २६ र रोभमन पावेलले २४ रन बनाएका थिए । त्यस्तै कप्तान शाइ होपले १९ रन बनाएका थिए । 

    त्यसैगरी स्कटल्याण्डका बलर ब्राड करीले २ विकेट लिए भने सफयान शरिफ, ओलिभर  डेभिडसन र माइकल लिस्कले एक एक विकेट लिएका थिए ।

    यो जितपछि अब वेस्ट इण्डिजले अर्को खेल फेब्रुअरी ११ मा इङल्याण्डसँग खेल्ने छ भने स्कटल्याण्डले अर्को खेल फेब्रिअरी ९ मा इटालीसँग खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।