Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

विश्वकपमा न्यूजील्याण्डको विजयी शुरुवात, अफगानिस्तान ५ विकेटले पराजित

विश्वकपमा न्यूजील्याण्डको विजयी शुरुवात, अफगानिस्तान ५ विकेटले पराजित

images
  • विश्वकपमा न्यूजील्याण्डको विजयी शुरुवात, अफगानिस्तान ५ विकेटले पराजित
    images
    images

    काठमाडौँ । न्यूजील्याण्डले आइसीसी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । आइतबार समुह डी अन्तर्गतको यस खेलमा न्यूजील्याण्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १७.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    न्यूजील्याण्डका लागि टिम सेइफेर्टले सर्बाधिक ६५ रन बनाए भने ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८ रन बनाएका थिए । त्यस्तै डार्यल मिचेलले २५ र कप्तान मिचेल सान्टनरले १७ रन बनाएका थिए ।

    images
    images
    images

    त्यसैगरी अफगानिस्तानका मुजीब उर रहमानले २ विकेट लिएका थिए भने मोहमद नाबी, रसिद खान र अज्मतुल्लाह ओमरजाईले एक एक विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ६३ रन बनाए भने सेदीकुल्लाह अटलले २९, रहमनुल्लाह गुर्बाजले २७ र दरविश रसौलीले २० रन बनाएका थिए ।

    त्यसैगरी न्यूजील्याण्डका बलर लुकी फर्गुसनले २ विकेट लिए भने माट हेनरी, ज्याकब डफी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।

    अब न्यूजील्याण्डले अर्को खेल फेब्रुअरी १० मा युइएविरुद्ध खेल्ने छ भने अफगानिस्तानले फेब्रुअरी ११ मा दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।