Logo

२०८३, श्रावण ३०गते


images
images

पर्सामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

पर्सामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

images
  • पर्सामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट
    images
    images

    वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच विवाद बढ्दै जाँदा कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।

    images
    images
    images

    अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् । जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    images
    images
    images

    कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए । ‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ अध्यक्षले भने, त्यसपछि मैले गाउँपालिका अध्यक्षसँग बोल्न तपाईँलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ । यदि समस्या छ भने सम्बन्धित निकायमा मुद्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हिकाइन्।’

    images
    images
    images

    अध्यक्षका अनुसार उपाध्यक्ष पहिले पनि अन्य विषयमा बढी रिसाउने गर्थिन् । तर फेरि शान्त भइहाल्थिन् । ‘आइतबार पानीको बोत्तल उठाएपछि मैले सोचें मजाक गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बोत्तलले हिर्काए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभद्र व्यवहार गरिन् ।’

    गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् । दुर्व्यवहार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकइ बाहिर निकालेको अध्यक्षले बताए ।

    ‘मसँग नसोचेको घटना भयो। आफ्नै बेइज्जती हुन्छ भनेर मैले बाहिर गुनासो गरिन, सामान्य वादविवादको रुपमा लिएको थिएँ,’ अध्यक्ष जैसवालले भने, ‘तर उपाध्यक्ष राति नारायणी अस्पतालमा भर्ना भई केही सञ्चार माध्यममा अध्यक्षले कुटपिट गरेको आरोप लगाएपछि आफू घटना सार्वजनिक गर्न बाध्य बनेको हुँ ।’ साथै कार्यकक्षमा सीसीटीभी जडान भएको कुरा उपाध्यक्षले याद गरेको भए यस्तो गलत आरोप नलगाउने अध्यक्ष बताउँछन् ।

    उपाध्यक्ष चौधरीले अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफू बाध्य भएर चप्पल उठाउनु परेको बताउँछिन् । ‘मैले चप्पल हिर्काएको सीसीटीभीमा कैद भएको छ,’ कान्तिपुरसँग उनले फोनमा भनिन्, ‘तर, अध्यक्षले प्रयोग गरेको अपशब्द भाषा र गाली कैद भएको छैन, अपशब्द भाषा नबोलेको भए चप्पल उठ्दैनथ्यो ।’ उनका अनुसार आइतबार कार्यकक्षमा अध्यक्ष आएपछि नमस्कार गरी उनी बाहिर निस्किन लागेकी थिइन् ।

    तर, वडाध्यक्षहरुले बस्न आग्रह गरेका थिए । ‘गुपचुप रुपमा गाउँसभा गर्नुभयो, मेरो अधिकारबाट मलाई बञ्चित राख्नुभयो, किन त्यस्तो गर्नुभयो भनेर अध्यक्षलाई सोधेँ,’ उपाध्यक्ष चौधरीले भनिन्, ‘अध्यक्षले मलाई थाहा छैन भने । मैले फेरि सोधेँ अनि अध्यक्षले गाली गर्न थाले । गाली नगर्नुस् भनी आग्रह गर्दा अपशब्द बोल्न थोले अनि बाध्य भएर चप्पल उठाएँ ।’ अध्यक्षकै निर्देशनमा वडाध्यक्ष लगायतको समूहले आफूलाई एउटा कोठामा चुकुल लगाएर केही समय थुनेको पनि उनले बताएकी छन् ।

    ‘कुटपिटले मेरो शरीरमा डाम बसेको छ,’ उनले भनिन्, ‘छाती र पिठ्युँमा चोट लागेको छ । कारबाहीको लागि प्रहरी प्रशासनमा जाहेरी दिन्छु ।’ उता अध्यक्ष जैसवालले समेत उपाध्यक्ष विरुद्ध उजुरी दिने बताएका छन् । अध्यक्ष र उपाध्यक्षको झगडाले सोमबार दिनभर गाउँपालिका बन्द रहेको स्थानीय रामकिशोर चौधरीले बताए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।