Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

स्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित पर्साबाट एक ब्यक्ति नियन्त्रणमा

स्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित पर्साबाट एक ब्यक्ति नियन्त्रणमा

images
  • स्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित पर्साबाट एक ब्यक्ति नियन्त्रणमा
    images
    images

    पर्सा ।  पर्साबाट श्रोत नखुलेको २० लाखभन्दा बढी रकमसहित एक ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    वीरगन्ज महानगरपालिका-१६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म बीरगंजले सोही महानगरपालिका-१७ बस्ने ५० बर्षका बिनय शंकर साहलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    भारतबाट बिआर ५ बिके ८६०३ नम्बरको मोटर्साइकलमा आउंदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभर भित्र प्लास्टिकमा प्याक गरेर ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नगद सहित नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    निजको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँ समेत बरामद भएको  छ । नियन्त्रणमा लिइएका ब्यक्तिलाई बरादम रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पर्सा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।