काठमाडौँ । महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा आज नेपालले भारत ए टिमसँग खेल्दैछ । थाइल्याण्डमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।
नेपालले यसअघि पाकिस्तान ए र युएइसँगको खेल हारेको छ । त्यस्तै भारत ए ले खेलेका दुवै खेल मध्ये एक जित र एक हार बेहोरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम थाइल्याण्ड पुगेको छ । नियमित कप्तान घाइते भएपछि पुजाले पहिलो पटक नेपाली सिनियर टिमको कप्तानी गरिरहेकी छन् । नेपाली टिममा पुजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमा केसी रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology