Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

उपत्यकाबाट निस्कने फोहरको दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन

उपत्यकाबाट निस्कने फोहरको दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन

images
  • उपत्यकाबाट निस्कने फोहरको दिगो व्यवस्थापनका लागि अध्ययन समिति गठन
    images
    images

    काठमाडौँ । उपत्यका मेयर्स फोरमको १३औँ बैठकले उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    काठमाडौँमा फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images
    images

    निर्णयअनुसार गठन हुने समितिले फोहर व्यवस्थापनसम्बन्धी विधि तथा प्रविधिको अध्ययन गर्नेछ। साथै उपत्यकाका सबै स्थानीय तहबीच आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनका लागि आवश्यक पहल गर्ने जिम्मेवारी पनि समितिलाई दिइनेछ ।

    images
    images
    images

    बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि तयार भएका अध्ययन प्रतिवेदनहरूको तथ्य र सिफारिसको विश्लेषण गरी उपयुक्त ढाँचा तयार पार्दै नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । उपत्यकाको भूगोल, बस्तीको मौलिकता तथा सांस्कृतिक-सामाजिक विशेषताअनुसारको यातायात प्रणाली विकास गर्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

    त्यस्तै गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार गर्ने र पूर्वाधार निर्माण तथा सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय पनि गरिएको छ ।

    बैठकपछि फोरमका अध्यक्ष महर्जनले उपत्यकाको एकीकृत विकासमार्फत नागरिक जीवन सहज बनाउन सहकार्य अपरिहार्य रहेको बताए । उनले मेट्रो अवधारणा कार्यान्वयनका लागि संघीय सरकारसँग सहकार्य गर्न उपत्यकाका स्थानीय तहहरू तयार रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणको अवधिमा समेत सहज सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

    काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सञ्चालन गर्दा उपत्यकाको भूगोल र सामाजिक संरचनाअनुसार उपयुक्त माध्यम छनोट गर्नुपर्नेमा जोड दिइन् । उनले विगतमा गरिएका अध्ययनहरूको पुनरावलोकन गरी ठोस निष्कर्षमा पुग्न आवश्यक रहेको बताइन्। उनले भनिन्- 'समस्या सीमाविहीन छन्। प्रशासनिक सिमानाभन्दा माथि उठेर समन्वयात्मक सहकार्य गरेपछि मात्र समाधान सम्भव हुन्छ ।'

    अध्यक्ष महर्जनका अनुसार सार्वजनिक यातायातसम्बन्धी अध्ययन प्रतिवेदनहरूको विश्लेषण तथा उपत्यकासुहाउँदो ढाँचासम्बन्धी प्रस्ताव आगामी बैठकमा प्रस्तुत गरिनेछ ।

    बैठक प्रारम्भअघि काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले फोहर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको वर्तमान अवस्था तथा दिगोपनाका लागि आवश्यक सुधारबारे प्रस्तुतीकरण दिएकी थिइन् । उनले विशेषगरी ल्याण्डफिल साइट क्षेत्रको व्यवस्थापन र स्थानीय तहको जिम्मेवारीका विषयमा प्रकाश पारेकी थिइन् ।

    हाल ल्याण्डफिल साइटमा काठमाडौँसहित विभिन्न ६ जिल्लाका २४ पालिकाबाट फोहरको अन्तिम व्यवस्थापन गरिँदै आएको छ । फोहर ढुवानीको काम नगरपालिका र निजी क्षेत्रबाट हुने गरेको छ भने साइट व्यवस्थापन काठमाडौँ महानगरपालिकाले गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोहर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।