Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

काठमाडौँ महानगरको दैनिक करिब ३. १९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइट जानबाट रोकियो

काठमाडौँ महानगरको दैनिक करिब ३. १९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइट जानबाट रोकियो

images
  • काठमाडौँ महानगरको दैनिक करिब ३. १९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइट जानबाट रोकियो
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरले कार्यान्वयनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत दैनिक करिब ३. १९ मेट्रिक टन फोहर ल्याण्डफिल साइट जानबाट रोकिने गरेको छ । 

    images
    images
    images

    आज फोहरमैला संकलन तथा ढुवानी निर्देशक समितिका अध्यक्ष एवं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठक सहरभित्रको फोहर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन तथा मात्रा घटाउने प्रयासका विषयमा छलफल गर्ने क्रममा मटेरियल रिकभरी फ्यासिलिटीका विषयमा जानकारी गराइएको हो । यसमा संकलित फोहरबाट सुक्खा फोहर वर्गीकरण गरेर आय ठेक्कामार्फत विक्री गरिन्छ । वैठकमा छलफल गरिएको क्षेत्र नम्बर ७ मा १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् । 

    images
    images
    images

    महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई ७ क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपियाँमा आय ठेक्का लगाएको छ । यीमध्ये क्षेत्र न. ७ का लागि छनोट भएको ग्लोरियस मल्टीपर्पोज एण्ड सप्लाइजसँग २०८१ फागुन २६ गते सम्झौता गरेर मटेरियल रिकभरी सुविधा कार्यान्वयनमा ल्याइएको छ । यस क्षेत्रबाट महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपियाँ आय गरेको छ । वैठकले फ्यासिलिटीको वोलपत्रदाताको म्याद १ वर्षका लागि थप गर्न शिफारिस गरेको छ । अन्य क्षेत्रका योजना भने कार्यान्वयनमा आउन बाँकी छन् । 

    images
    images
    images

    घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । ती हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ वमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र न. १ का लागि नेप्सेम्याक सेवा प्रा. लि. छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । यसले वार्षिक रुपमा ६६ लाख ४२ हजार १ सय रुपैयाँ कबोल गरेको छ । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहर संकलन हुने अनुमान गरिएको छ । 

    क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रा. लि. ले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपियाँमा ठेक्का कवोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको छ । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा. लि. ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपियाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ ।  

    क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपियाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल उर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपियाँ कवोल गरेको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपियाँमा आय ठेक्का कबोल गरेको छ । यसरी कबोल गरिएको रकम कर बाहेकको हो । 

    फोहरमैलालाई स्रोतमा वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहरमैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि २०८१ जारी गरेर कार्यान्वयनमा ल्याइएको छ । यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला संकलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो । 

    कार्यविधि अनुसार फोहरमैलाको संकलन तथा ढुवानी सम्बन्धी नीतिगत प्रबन्ध गर्न प्रमुखको अध्यक्षतामा निर्देशक समितिको व्यवस्था गरिएको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सहरी योजना आयोगका उपाध्यक्ष, प्रवक्ता, विषयगत समितिका संयोजक सदस्य रहने व्यवस्था रहेको छ । वातावरण व्यवस्थापन विभागका प्रमुख समितिको सदस्य–सचिव रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।