Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

रूपन्देही-१ को आवाज बनेर काम गर्छु : प्रज्जवल बोहरा

रूपन्देही-१ को आवाज बनेर काम गर्छु : प्रज्जवल बोहरा

images
  • रूपन्देही-१ को आवाज बनेर काम गर्छु : प्रज्जवल बोहरा
    images
    images

    धकधई  । रुपन्देही-१ का राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार युवा नेता प्रज्जवल बोहरा ९प्रशान्त० ले क्षेत्रका जनताको आवाज बनेर आफूले काम गर्ने बताएका छन् ।

    images
    images
    images

    चुनावी अभियानका क्रममा मतदातासँग भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै बोहराले निर्बाचन क्षेत्रमा जनताले सामना गर्नु परिरहेको मूलभूत समस्याहरुको समाधानका लागि आफू त्यस क्षेत्रका जनताको आवाज बन्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    images
    images
    images

    ‘रुपन्देही-१ का नागरिकले गरेको मागलाई पुरा गर्ने गरि जनताको आवाज बनेर काम गरेर देखाउने छु’, उनले भने, ‘बिगतमा यस क्षेत्रबाट निर्बाचित भएका जनप्रतिनिधिले आफ्नो प्रतिबद्धता पुरा नगर्दा जनताको आवाज बन्ने दायित्व र जिम्मेवारी अव मेरो काँधमा आएको छ ।’

    images
    images
    images

    १८ बर्ष अघि आफ्नो बुवा स्वर्गीय दीपक बोहराले थालेका तथा सञ्चालन गरेका विकास निर्माणका योजनाहरु यतिबेला अलपत्र परेर अधिकाँश पूर्वाधारका संरचनाहरु भताभुङ्ग अवस्थामा पुगेको उनले जनाए । सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा निर्माण गरिनु पर्ने पूर्वाधार तथा संरचना अझै बन्न नसकेको उनको भनाइ छ ।

    ‘मेरो बुवाले यस क्षेत्रमा १८ बर्ष अघि उम्मेदवारी दिनु भएको थियो । त्यतिबेला उहाँले उठाउनु भएको स्थानीय जनताको समस्या अहिले पनि जस्ताको तस्तै छन्’, उनले भने, ‘यस्तो हुनुमा यस अवधिमा निर्बाचित जनप्रतिनिधिहरुले जनता समक्ष बिगतमा आफूले गरेका प्रतिबद्धता पुरा गर्नमा इमान्दारीताको कमी भएको महशुस मैले गरेको छु ।’

    उनका अनुसार स्वर्गीय बोहराको पहलमा रुपन्देहीमा सञ्चालित महत्वपूर्ण विकासका पूर्वाधारमध्ये एक हो, भैरहवा लुम्बिनी भूमिगत जल परियोजना । यो परियोजनाका अधिकाँश संरचना अहिले भताभुङ्ग भएर खण्डहर अवस्थामा पुगेका छन् । उक्त परियोजना रुपन्देही-१ मा मात्र नभएर समग्र रुपन्देही जिल्लाको स्वरुप परिवर्तन गरिदिएको विकासको मुख्य आधार हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रज्जवल बोहरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।