Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् : नेतृ झाँक्री

सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् : नेतृ झाँक्री

images
  • सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् : नेतृ झाँक्री
    images
    images

    काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सिंहदरबार जलाउनेहरू आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै अहिले भोट माग्न आएका त छैनन् भन्दै टिप्पणी गरेकी छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै  झाँक्रीले विगतमा नवयुवालाई मानव ढालका रूपमा प्रयोग गरी हिंसामा उक्साइएको घटनालाई आफूहरूले नबिर्सिएको, नबिर्सने र माफी नदिने उल्लेख गरेकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्- हाम्रा नवयुवालाई मानव ढालको रूपमा प्रयोग गरेर हत्या गर्न उक्साएको हामीले नविर्सेका छौं, न विर्सने छौं, न माफ गर्नेछौं । र, जलाएको सिंहदरवार, जलाएको सर्वोच्च अदालत, खरानी बनाएको संसद भवन, जलाएको राष्ट्रपति भवनः हामी विर्सेका छैनौ । बिर्सने छैनौ ।'

    images
    images
    images

    उनले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन तथा राष्ट्रपति भवन जलाइएका घटनाको स्मरण गराउँदै ती घटनाबाट सयौँ युवाका सपना उजाडिएको दाबी गरिन् ।

    झाँक्रीले आम नागरिकलाई एकपटक सोच्न आग्रह गर्दै ती विध्वंसकारी गतिविधिमा संलग्नहरू अहिले कहाँ छन् भन्ने प्रश्न उठाएकी छन् ।  उनले राष्ट्रका धरोहरमा आगजनी गर्नेहरूबाट सतर्क रहन समेत आग्रह गरेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।