काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सरकारको निजी क्षेत्रलाई आतंकित पारेको आरोप लगाएकी छन् ।
राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद झाँक्रीले सरकारले सुशासनको नाममा निजी क्षेत्र तथा आर्थिक गतिविधि सञ्चालन गर्ने वातावरणलाई अवरोध गरिएको भन्दै पहिला थुन्ने अनि सुन्ने नीति लिएको आरोप लगाईन् । उनले भनिन्- 'सुशासन भनेको पहिला थुनेर सुन्ने होइन, सुनेर मात्र थुन्ने हो कि भन्ने सुझाव सरकारलाई दिन चाहन्छु ।’
उनले राज्यले काम गर्ने वातावरण बनाउनुपर्नेमा सरकारले नागरिक र निजी क्षेत्रलाई आतंकित गर्ने, तर्साउने गरिरहेको आरोप लगाईन् ।
सांसद झाँक्रीले दुई तिहाई करिबको बहुमत भएको सरकारले ल्याउने नीति तथा कार्यक्रमप्रति धेरै अपेक्षा रहेको भएपनि पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरिन् । उनले भनिन्- '२१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत पुराना लोकतान्त्रिक–प्रजातान्त्रिक दलहरू पराजित हुँदा एउटा नयाँ शक्तिको उदय भएर नयाँ युग सुरु हुन्छ भन्ने अपेक्षा थियो। तर नीति तथा कार्यक्रम हेर्दा यो पुरानै कार्यक्रमको निरन्तरता जस्तो मात्र देखिन्छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology