Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मोदी इजरायल भ्रमणमा जादै

मोदी इजरायल भ्रमणमा जादै

images
  • मोदी इजरायल भ्रमणमा जादै
    images
    images

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने औपचारिक भ्रमणका लागि इजरायल प्रस्थान गर्दैछन् । सन् २०१७ पछि उनको यो दोस्रो इजरायल भ्रमण हो ।

    images
    images
    images

    तेल अवीव पुगेपछि उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले इजरायलको संसदलाई सम्बोधन गर्नेछन् । साथै, त्यहाँ रहेका भारतीय समुदायसँग भेटघाट गर्ने र प्रविधि प्रदर्शनी अवलोकन गर्ने कार्यक्रम तय भएको छ । 

    images
    images
    images

    यस अवसरमा मानवरहित हवाई साधन, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तथा अन्य सैन्य उपकरणसम्बन्धी सहकार्यका विषयमा छलफल हुने जनाइएको छ । इजरायलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली ‘आइरन डोम’ सम्बन्धी प्रविधि साझेदारी गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले होलोकास्ट स्मारक याद वाशेममा श्रद्धाञ्जली अर्पण गर्नेछन् र राष्ट्रपति इसाक हर्जोगसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।