Logo

२०८३, आश्विन ९गते


images
images

कोभिड - १९ अपडेट

मुसिकोट नगरपालिकामा कर्मचारी र जनप्रतिनिधी सहित थप १६ जनामा संक्रमण पुष्टी

मुसिकोट नगरपालिकामा कर्मचारी र जनप्रतिनिधी सहित थप १६ जनामा संक्रमण पुष्टी

images
  • सेतोमसी सहकर्मी
  • मुसिकोट नगरपालिकामा कर्मचारी र जनप्रतिनिधी सहित थप १६ जनामा संक्रमण पुष्टी
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी ।  मुसिकोट नगरपालिका गुल्मीमा थप  १६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

    images
    images
    images

    संकास्पद लक्षण देखिएका २१ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको कार्यालयमा कार्यरत ४ जना कर्मचारी १ जना जनप्रतिनिधी वडा नं. ८ को शारदा माद्यमिक विधालयमा कार्यरत २ जना शिक्षक र ९ जना समुदाय स्तरका व्यक्तीहरु गरी १६ जनामा आज कोरोना सक्रंमण पुष्टी भएको हो ।

    images
    images
    images

    यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३५ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

    images
    images
    images

    उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।

    रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको उहाँले बताउनुभयो ।

    उनिहरूको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सँकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

    यसै विच नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी / जनप्रतिनिधी सँगै समुदायमा व्यापक संक्रमण देखिए पछी अव के गर्ने भन्ने विषयमा नगरपालिकाले तयारी सुरु गरेको छ साथै यसै विचमा थप रणनिती तयार गर्न मुसिकोट नगरपालिका स्तरिय विपद व्यवस्थापन समितिको वैठक वोलाइएको मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।