Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

महावीर पुनको बालेन, रवि, हर्क र कुलमानलाई सुझाव : राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ

महावीर पुनको बालेन, रवि, हर्क र कुलमानलाई सुझाव : राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ

images
  • महावीर पुनको बालेन, रवि, हर्क र कुलमानलाई सुझाव : राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ
    images
    images

    काठमाडौं । पूर्व शिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आए आफू पनि स्वतन्त्र रूपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने- 'यदि नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बन्ने शासन प्रणाली आयो भने म स्वतन्त्र उम्मेदवारका रूपमा उठ्छु र जित्नेमा विश्वस्त छु ।' 

    images
    images
    images

    यद्यपि उनले यस्तो प्रणाली पुराना राजनीतिक दलहरूले सहजै लागू गर्न नदिने दाबी गरे । पुनले नयाँ राजनीतिक शक्ति र स्वतन्त्र अभियानहरूबीच एकता अपरिहार्य रहेको औंल्याउँदै संयुक्त मोर्चा बनाएर चुनाव लड्नुपर्ने बताए । उनका अनुसार नयाँ शक्तिहरू एकजुट भई दुई तिहाइ बहुमत ल्याउन सके मात्र देशमा संरचनात्मक परिवर्तन सम्भव हुन्छ ।

    images
    images
    images

    तर, उनले हाल देखिएको विभाजनप्रति असन्तुष्टि जनाउँदै धरानका पूर्व मेयर हर्क साम्पाङ, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहबीच सहकार्य हुनु पर्ने बताएका छन् ।

    उनले भनेका छन्- 'यदि नयाँ शक्तिहरूबीच एकता भएन भने यो चुनावपछि पनि उस्तै किसिमको सरकार बन्ने सम्भावना बढ्छ । राजनिति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ ।' 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।