Logo

२०८३, श्रावण ३०गते


images
images

गजल : कुनै दिन म धनी भए यो सन्सार तिमीलाई …

गजल : कुनै दिन म धनी भए यो सन्सार तिमीलाई …

images
  • सेतोमसी सहकर्मी
  • गजल : कुनै दिन म धनी भए यो सन्सार तिमीलाई …
    images
    images

    गजल 

    images
    images
    images

    कुनै दिन म धनी भए यो सन्सार तिमीलाई।
    लालि सिफोरा घडी रोलेक्स उपहार तिमीलाई।।

    images
    images
    images


    बल्ल छोरो वर्षिको छ कमसेकम दुई त पुगोस्।
    छिटो घर आउनुस भन्छ्यौ, कस्तो हतार तिमीलाई।।

    images
    images
    images

    सुन बरु त्यो लकरको छुट्टै अर्को चाबी बनाउ।
    अचानक म केही भए जिउने आधार तिमीलाई।।

    हिड्न बन्द गर प्रिय कोमल पाउमा धुलो लाग्ला।
    म पठाइदिन्छु टेस्लाको एउटा कार तिमीलाई।।

    हुन त सपना केबल सपनै होला तर जे होस।
    कस्तो लाग्यो त डार्लिङ मेरो बिचार तिमीलाई ।।

    - राजु चालिसे
    मुसिकोट नगरपालिका १ पौदीअरेवा (गुल्मी)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।