Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट

images
  • प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत माओमिङको शिष्टाचार भेट
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    भेटका क्रममा प्रधानमन्त्री कार्कीले राजदूत माओमिङलाई नयाँ जिम्मेवारीका लागि बधाइ दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरिन् । उनले नेपाल-चीनबीच रहेको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

    images
    images
    images

    राजदूत माओमिङले नेपालमा शान्ति, सुरक्षा र कानुनको शासन कायम भई शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने अवस्थाप्रति खुसी व्यक्त गरेका थिए । उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा चीनको निरन्तर सहयोग रहने पनि बताए ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले नेपालका विकास परियोजना तथा विभिन्न क्षेत्रमा चीनबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा राखेकी थिइन् ।

    प्रधानमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्त र एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याउँदै छिमेकी मुलुकको हितविपरीत कुनै गतिविधि हुन नदिने स्पष्ट पारिन् । क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपाल-चीन सहकार्य अझ बलियो बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् ।

    राजदूत माओमिङले नेपाल सरकारको उक्त नीतिप्रति चिनियाँ जनता र नेतृत्वका तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुशीला कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।