बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल रुपन्देहीले चुनाव केन्द्रित युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा भएको उक्त भेलाले युवा संघ रुपन्देही जिल्ला अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा पाँच हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको युवा संघले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेकपा ( एकीकृत समाजवादी ) केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन युवाहरूले भुमिका खेल्नु पर्ने बताएको सो पार्टीका युवा नेता शंकर घर्तीले जानकारी दिए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी ) केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला उपाध्यक्ष सिद्धिचरण भट्टराइ, प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव अविराम बि क, प्रदेस कमिटि सदस्य श्रीराम यादव , चिन बहादुर गुरुङ लगायतले बोलेका थिए ।
युवा संघ नेपाल रुपन्देहीका जिल्ला सचिव सार्दुल कशौधनको संचालन रहेको कार्यक्रममा उप सचिव सोम खातीले स्वागत मन्तव्य राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology