Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानी विद्यालयमा अमेरिका-इजरायलको आक्रमण : कम्तिमा ४० बालिकाको मृत्यु

इरानी विद्यालयमा अमेरिका-इजरायलको आक्रमण : कम्तिमा ४० बालिकाको मृत्यु

images
  • इरानी विद्यालयमा अमेरिका-इजरायलको आक्रमण : कम्तिमा ४० बालिकाको मृत्यु
    images
    images

    काठमाडौँ । इरानको दक्षिणी क्षेत्रमा रहेको एक बालिकाहरुको प्राइमरी विद्यालयमा भएको अमेरिकी-इजरायल आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी सरकारी समाचार माध्यमले जनाएको छ ।

    images
    images
    images

    सरकारी समाचार संस्था अनुसार, होरमोजगान प्रान्तको मिनाब जिल्लास्थित शजरे तैय्यबेह बालिका प्राथमिक विद्यालयमा इजरायलले गरेको आक्रमणमा ठूलो मानवीय क्षति भएको बताइएको छ । स्थानीय गभर्नर मोहम्मद रदमेहरका अनुसार घटनामा ४८ जना घाइते भएका छन् भने मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।

    images
    images
    images

    इरानमा विदेशी सञ्चारकर्मीलाई प्रवेश अनुमति सीमित हुने भएकाले घटनाको वास्तविक विवरण संकलन गर्न कठिन भइरहेको बताइएको छ ।

    images
    images
    images

    यसैबीच, इरानभर लगभग पूर्ण रूपमा इन्टरनेट सेवा अवरुद्ध भएको र यसअघि साइबर आक्रमणसमेत भएको जानकारी सार्वजनिक भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।