गुल्मी । राष्ट्रिय युवा संघ नेपाल रेसुङ्गा नगर कमिटीको प्रथम भेला सम्पन्न भएको छ ।
गुल्मी तम्घासस्थित मदन आश्रीत स्मृति भवन तम्घासमा शनिबार बसेको भेलाले संगठनलाई मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।
भेलाको अध्यक्षता नगर कमिटीका अध्यक्ष सुशील बुढाथोकीले गरेका थिए । कार्यक्रममा नेकपा एमाले गुल्मी जिल्ला कमिटीका उपसचिव धर्म बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । युवा संघ गुल्मीका अध्यक्ष सुरेश भण्डारी, एमाले रेसुङ्गा नगर उपसचिव महेश काउछा लगाएत नेताहरुको उपस्थिति थियो ।
युवा संघ जिल्ला कमिटी अध्यक्ष सुरेश भण्डारीले सुरु गरेको नारा “टोल टोलमा संगठन घर घरमा युवा संघ” लाई आत्मसात् गर्दै अगाडी बढ्ने निर्णय गरेको नगर कमिटी कोषाध्यक्ष प्रदीप भण्डारीले जानकारी दिए ।
त्यस्तै भेलाले नगर भित्रका सबै वडामा संगठन बिस्तार गर्ने र युवाको तमाम समस्यालाई बहस मार्फत समाधान गर्ने निर्णय पनि गरेको नगर कमिटी सदस्य निशान टण्डनले बताए । स्थानीय चुनाव नजिकिदै गर्दा युवाहरुलाई फरक तरिकाले परिचालन गरिने र प्रतिनिधिकै रुपमा धेरै युवाहरूलाई खडा गर्ने योजना रहेको राष्ट्रिय युवा संघ गुल्मी जिल्ला कमिटीका सदस्य तथा नगर युवा इन्चार्ज नमराज मरासिनी ले जानकारी गराए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology