Logo

२०८३, आश्विन १०गते


images
images

घर-घर जाउ कांग्रेस जिताउ अभियान गुल्मीमा पनि सुरु  

घर-घर जाउ कांग्रेस जिताउ अभियान गुल्मीमा पनि सुरु  

images
  • घर-घर जाउ कांग्रेस जिताउ अभियान गुल्मीमा पनि सुरु  
    images
    images

    अनिष पन्थी ,गुल्मी ।  नेपाली कांग्रेसले आज देखि देशभर घर-घर जाउ कांग्रेस जिताउ अभियान सुरु गरेको छ ।आज ठिक १ बजेको समयमा  यो अभियान देशभर सुभारम्भ गरेको हो ।

    images
    images
    images

    यस्तै कार्यक्रम अनुरुप नेपाली कांग्रेस गुल्मीले पनि आज बाट घर-घर जाउ कांग्रेस जिताउ अभियान सुरु गरेको हो।
    यो अभियान १ महिना सम्म चल्ने नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
    बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई केन्द्रीत गरि यो अभियान प्रारम्भ गरिएको हो ।कांग्रेसका उमेदवारलाई जिताउन मतदातालाइ अपिल गरिने कांग्रेस गुल्मीले बताएको छ ।

    images
    images
    images

    अबको निर्वाचनमा राजनीतिक अवस्था हेरेर आवश्यकता अनुसार गठबन्धन गरिने र यसको जिम्मेवारी स्थानीय तहलाई दिने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पत्रकार सम्मेलनका प्रमुख अतिथी दिनेश कोइरालाले बताए ।

    images
    images
    images

    पाटिभित्रको अन्तरघातलाई न्यून गर्ने तर्फ समेत लागेको र अन्य पाटिसङ्ग मित्रता बढाउदै लैजाने समेत प्रमुख अतिथि कोइरालाले बताए ।

    जन गुनासो छलफल गर्ने र आफ्ना कुरा भन्ने र जनताको कुरा सुन्ने केन्द्रिय सदस्य कोइरालाले बताए ।

    गुल्मी कांग्रेसको अठोट सबल वडा सक्षम टोलले पनि कांग्रेसलाई थप बलियो बनाएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए ।

    पत्रकार सम्मेलनमा नेपाली कांग्रेस गुल्मीका सचीव जगदीश भट्टराईले अभियानको बारे छोटकरिमा बताएका थिए भने आर्का सचीव भगत खडकाले कार्यक्रम  सञ्चालन गरेका थिए।

    पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेस कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्व रहेको थियो ।
    सम्मेलनमा जिल्ला स्थित नेता तथा पत्रकारको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।