Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन

देशभर उत्साहजनक रुपमा मतदान जारी

देशभर उत्साहजनक रुपमा मतदान जारी

images
  • देशभर उत्साहजनक रुपमा मतदान जारी
    images
    images

    काठमाडौँ । देशभर उत्साहजनक रुपमा मतदान जारी रहेको छ । छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा नै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images

    अहिलेसम्म देशभर करिब ६ प्रतिशत मतदान भएको छ । जसमा काठमाडौँ उपत्यकामा ५.२८ प्रतिशत, बागमती प्रदेशमा ७.११ प्रतिशत, गण्डकी प्रदेशमा ९.२३ प्रतिशत, कोशी प्रदेशमा ३.५३ प्रतिशत, मधेश प्रदेसमा कारब ५ प्रतिशत, कर्णाली प्रदेशमा ७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा करिब ५ प्रतिशत मतदान भएको छ ।

    images
    images
    images

    अहिलेसम्म दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित गोल्मेश्वर मावि बुथमा विवाद हुदा मतदान रोकिएको छ भने सर्लाहीमा विवाद हुदा रोकिएको मतदान सुचारु भएको छ । त्यस्तै ओखलढुंगाको मानेभन्ज्याङ टोक्सेलमा अहिलेसम्म स्थानीयले मतदान बहिस्कार गरेका छन् ।

    images
    images
    images

    प्रादेशिक अस्पताल स्थापना गर्न जग्गा दिएका स्थानीयहरूले अस्पताल स्थापना गर्ने कार्य सरकारले अघि नबढाएपछि उनीहरुले आम भेला गरेर नै मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।