Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेसंग पनि चुनावमा सहकार्य हुन सक्छ : पुन 

एमालेसंग पनि चुनावमा सहकार्य हुन सक्छ : पुन 

images
  • एमालेसंग पनि चुनावमा सहकार्य हुन सक्छ : पुन 
    images
    images

    कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफूहरुले नेकपा एमालेलगायत कुनै पनि दलसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन्।

    images
    images
    images

    पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धन आवद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिईएको भएपनि एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरुको रहेको बताए।

    images
    images
    images

    ‘सत्ता गठबन्धनका दलहरुबीचमै चुनावी तालमेल गर्नेमा हाम्रो जोड रहन्छ,’ पार्टीको लुम्बिनी प्रदेश बैठकलाई बुधबार सम्बोधन गर्दै पुनले भने, ‘एमालेसँग पनि ढोका बन्द छैन।’

    images
    images
    images

    यद्यपि माओवादी एक्लै निर्वाचन लड्न सक्षम रहेको उनको भनाइ थियो। ‘चुनावी तालमेल र सहकार्यलाई अस्वीकार गर्दैनौं, तर आफ्नै बलमा चुनाव लड्न सक्षम छौं,’ पुनले भने।

    उनले बहुमत स्थानीय तह जितेका कांग्रेस एमालेका जनप्रतिनिधि भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए। तर, माओवादीले जितेका स्थानीय तहमा राम्रो र नमुनायोग्य काम भएको उनको दाबी थियो।

    कार्यसम्पादनमा उत्कृष्ट पाँच पालिकामध्ये तीन पालिका माओवादीले जितेका भएबाट पनि माओवादीले स्थानीय तहमा राम्रो गरेको प्रमाणित हुने उनले जिकिर गरे। ‘देशभर उत्कृष्ट ठहरिएका पाँचमध्ये तीन हामीले जितेका पालिका भएका छन्, यसले पनि हाम्रो क्षमता दर्शाउँछ,’ उनले भने। माओवादीले जितेका ११६ वटै पालिकामा अन्य दलले जितेकाभन्दा राम्रो काम भएको दाबी उनले गरे।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।