Logo

२०८३, श्रावण ३०गते


images
images

महावीर पुन भन्छन् : युवा नेताहरु ओली जस्तो बन्नु हुदैन

महावीर पुन भन्छन् : युवा नेताहरु ओली जस्तो बन्नु हुदैन

images
  • महावीर पुन भन्छन् : युवा नेताहरु ओली जस्तो बन्नु हुदैन
    images
    images

    काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका डा. महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले देशमा देखिएको नयाँ राजनीतिक परिवर्तनका पछाडि ओलीको भूमिकासमेत रहेको बताएका छन् ।

    images
    images
    images

    उनले ओलीको शैली र व्यवहारका कारण युवाहरूमा असन्तुष्टि बढ्दै गएको र त्यसकै परिणामस्वरूप नयाँ आन्दोलन तथा वैकल्पिक राजनीतिक शक्तिहरू अघि आएको दाबी गरेका छन् । पुनका अनुसार यही परिस्थितिले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय हुने अवसर दिएको र युवा नेताहरूले पुराना नेतृत्वबाट पाठ सिकेर फरक शैलीमा राजनीति गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'उहाँको थुतुनाले गर्दा नै नेपालमा युवाहरुले शासन गर्ने मौका आएको छ । युवा नेताहरुले उहाँ जस्तो धुर्त, गफाडी र घमण्डी बन्नु हुँदै हुँदैन भनेर उहाँबाट नै पाठ सिक्नु पर्छ ।'

    पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रुपमा जित हासिल गरेका छन् । उनलाई रास्वपाले समर्थन गरेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।