Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले दियो शरण

पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले दियो शरण

images
  • पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियाले दियो शरण
    images
    images

    काठमाडौँ । एशियन कपबाट बाहिरिएको इरानकी महिला फुटबल टोलीकी पाँच खेलाडीलाई अष्ट्रेलियाले मानवीय भिसा दिएर आफ्नो देशमा बस्ने अनुमति दिएको छ । अष्ट्रेलियाका आप्रवासन मन्त्री टोनी बर्कका अनुसार यी खेलाडीहरूलाई प्रहरीले सुरक्षित स्थानमा पुर्‍याइसकेको छ ।

    images
    images
    images

    मानवीय भिसा पाउने खेलाडीहरू फतेमेह पसंदिदेह, जहरा घनबारी, जहरा सरबली, अतेफे रमजानजादेह र मोना हमौदी रहेका छन् । अस्ट्रेलिया सरकारले बाँकी खेलाडीहरूले चाहेमा उनीहरूलाई पनि अष्ट्रेलियामा बस्न अनुमति दिने बताएको छ ।

    images
    images
    images

    गत हप्ता दक्षिण कोरियासँगको खेल अघि ईरानकी टोलीले राष्ट्रिय गान गाएनन् । यसपछि ईरानमा केही व्यक्तिहरूले टोलीको आलोचना गरे र उनीहरूलाई कडा सजाय दिनुपर्ने माग राखेका थिए । यसका कारण खेलाडीहरूको सुरक्षा सम्बन्धी चिन्ता बढेको थियो ।

    images
    images
    images

    गोल्ड कोस्ट स्टेडियम बाहिर आइतबार सयौं मानिसहरूले 'सेव आवर गर्ल्स' भन्दै नारा लगाएका थिए र खेलाडीहरूलाई सुरक्षित राख्न माग गरेका थिए ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजले पनि यी पाँच खेलाडीलाई मानवीय भिसा दिइएको बताएका छन् । यस भिसामा उनीहरू अष्ट्रेलियामा बस्न, काम गर्न र अध्ययन गर्न सक्ने बताइएको छ ।

    यस घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आवश्यक परेमा अमेरिका पनि यी खेलाडीलाई शरण दिन तयार रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • # अष्ट्रेलिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।