रामचन्द्र तिम्सिना, काठमाडौं । छिमेकी भारतमा एकैदिनमा ४ लाख बढी संक्रमित बढे संगै नेपालमा पनि कोरोना संक्रमितको संख्यामा ज्यामितिय वृद्धि शुरु भएको छ ।
पछिल्लो २४ घन्टामा थप ५ हजार ७ सय ६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये हालसम्म २ लाख ८२ हजार ३ सय ८२ जना निको भएर घर फर्किइसकेका छन भने आज थप १९ जना गरि जम्मा ३ हजार २ सय ९८ जनाले ज्यान गुमाएका छन ।
स्मरण रहोस, नेपालमा गत २४ घण्टामा १४ हजार ४ सय ३ आरटी र पिसिआर परिक्षण गरिएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology