देवदह । देवदहमा आयोजित मावि स्तरीय कविता वाचन प्रतियोगितामा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका प्रितम भुसालले प्रथम स्थान हासिल गरेका छन् ।
पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदह-७ को आयोजनामा सेयर सदस्य परिवारका विद्यार्थीहरुबीच सनिबार सम्पन्न प्रतियोगितामा देवदह ईङ्गलिस बोर्डिङ्ग स्कुलका संस्कृति खनाल द्धितिय स्थान हासिल गरिन् । प्रतियोगितामा बुद्धपब्लिककै सम्राट भण्डारीले तृतिय स्थान हासिल गरे ।
विभिन्न विद्यालयबाट ९ जना प्रतिष्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्धितियले ३ हजार र तृतिय हुनेले २ हजार रुपैंया नगद प्राप्त गरे । ‘उत्पादन क्षेत्रमा सहकारी’ विषयक प्रतियोगितामा चन्द्रकान्त पराजुली र गोपीकृष्ण भण्डारीले निर्णायकको भुमिका निर्वाह गरेको संस्थाका व्यवस्थापक केशव आचार्यले जानकारी दिए ।
प्रतियोगिता सुरुवात अघि संस्थाका अध्यक्ष मीना श्रेष्ठ, उपाध्यक्ष, गोमा डुम्रे, सचिव पूर्ण पौडेल, कार्यक्रम संयोजक ख्यामनारायण ढकाल लगाएतले बोल्दै विद्यालय स्तरबाटै सहकारी शिक्षाको विकासमा जोड दिनुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology