Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय सहकारी दिवस

देवदहमा अन्तर्राष्ट्रिय सहकारी दिवस : पल्लवीद्धारा वृक्षरोपण, निर्माणमा अन्तरक्रिया

देवदहमा अन्तर्राष्ट्रिय सहकारी दिवस : पल्लवीद्धारा वृक्षरोपण, निर्माणमा अन्तरक्रिया

images
  • देवदहमा अन्तर्राष्ट्रिय सहकारी दिवस : पल्लवीद्धारा वृक्षरोपण, निर्माणमा अन्तरक्रिया
    images
    images

    देवदह । अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पल्लवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड देवदहले वृक्षरोपण गरेको छ । दिवसको अवसरमा सहकारीका पदाधिकारी, सल्लाहकार तथा लेखासमितिका संयोजक, सदस्यहरुको उपस्थितिमा वृक्षरोपण गरिएको व्यवस्थापक केशव आचार्यले जानकारी दिए । 

    images
    images
    images

    सितलनगर सव डिभिजन वन कार्यालयको सहयोगमा गोल्डमोहर, धुपी, मोरिङ्गा, बेल, अर्जुना, पारीजात, अमला लगाएतका एक सय थान विरुवा देवदह-७ स्थित स्मृति बन बाटिकामा रोपिएको संस्थाका अध्यक्ष मीना श्रेष्ठले बताइन् । 

    images
    images
    images

    ‘सहकारीले हरेक बर्ष सामाजिक तथा वातावरणीय कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरु संचालन गर्नेगरेको छ । त्यसैको निरन्तरता अनुरुप स्मृति सामुदायिक वनसँगको सहकार्यमा फल तथा फुलका विरुवा रोपिएको हो ।’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘आन्तरिक तथा बाह्य पर्यटकहरुमाझ लोकप्रिय बन्दै गएको स्मृति बन बाटिका (प्रस्तरकता पार्क) लाई थप आकर्षक र हराभरा बनाउन वृक्षरोपणले सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

    images
    images
    images

    यसैगरी अन्तर्राष्ट्रिय सहकारी दिवस तथा १४औं स्थापना दिवसको अवसरमा निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अन्तरक्रिया गरेको छ । अध्यक्ष मोतिलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको भावि कार्यदिशा र योजनाको विषयमा संस्थाका पदाधिकारी, सल्लाहकार, सदस्य तथा उपसमितिका संयोजक तथा सदस्यहरुले धारणा राखेका थिए । 

    कार्यक्रमकै अवसरमा सहकारीले परिक्षण स्वरुप थुंगे फूलको विउ राखेको संस्थाका सचिव केशरबहादुर पुनले जानकारी दिए । संस्थाका उपाध्यक्ष सुन्दरी गिरीको स्वागत तथा व्यवस्थापक शुसिला भण्डारीको सञ्चालनमा कार्यक्रम भएको हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।