Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी

निर्माणको १३औं साधारणसभा : करिव ९ करोढ बराबरको वित्तिय विवरण पारित

निर्माणको १३औं साधारणसभा : करिव ९ करोढ बराबरको वित्तिय विवरण पारित

images
  • निर्माणको १३औं साधारणसभा : करिव ९ करोढ बराबरको वित्तिय विवरण पारित
    images
    images

    देवदह । निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । साधारण सभाले कोषाध्यक्ष अमृत बहादुर फुल्लेलद्धारा प्रस्तुत ८ करोड ८९ लाख ५९ हजार बराबरको वित्तिय स्थिती विवरण पारित गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै फुल्लेलले २०८२ असार मसान्तसम्म संस्थाको शेयर पूँजी १ करोड १० लाख ५४ हजार ३०० रुपैंया रहेको र बचत निक्षेप ५ करोड ३४ लाख ७० हजार २९९ रुपैंया रहेको जानकारी दिए । संस्थाले आर्थिक बर्षको असार मसान्तसम्म ६ करोड ९६ लाख ८७ हजार ५४३ रुपैंया शेयर सदस्यहरुमा ऋण लगानी गरेको उनले बताए ।

    images
    images
    images

    कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मोतीलाल ढकालले संस्थाले मुख्य कार्यालय लगाएत अन्य २ वटा सेवा केन्द्रबाट उपभोक्ता केन्द्रित सेवा प्रवाह गरिरहेको जानकारी दिए । उनले संस्था बहुउद्देश्यीय भएकाले विभिन्न उद्देश्यमा काम गर्न खोजिएपनि फुल फेजमा काम गर्न नसकिएको बताए । हालसम्म संस्थाले कृषि उत्पादन र मलखाद तथा विउविजन विक्रि वितरण गरिरहेको भएपनि आगामी बर्षहरुमा उपभोग्य बस्तुको उत्पादनमा जोड दिने उनले उल्लेख गरे । 

    images
    images
    images

    ‘हामीले हाल चाहेजति उद्देश्यमुलक काम गर्न सकिरहेका छैनौं । त्यसको लागि कतिपय अवस्थामा नीति नियम र कानुनले बाधा पुर्याएका छन् भने कतिपय अवस्थामा लगानी सुरक्षाको कारण पनि हामी खुम्चिनुपरेको अवस्था छ ।’ अध्यक्ष ढकालले भने, ‘आगामी बर्षको लागि उपभोग्य बस्तुको पसल सञ्चालन गर्नेदेखि स्थानीय कच्चा पदार्थ र सरसफाईमा प्रयोग हुने मायादेवी नाम दिएर साबुन, सर्फ, हार्पिक र फिनेल उद्योग स्थापना गर्ने योजना रहेको छ ।’

    कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ८ का अध्यक्ष हरि पाण्डेले उत्पादनसँग जोडिएर काम गरिरहेको निर्माणको कार्यशैलिबाट आफु प्रभावित भएको बताए । उनले वित्तिय संस्थाहरुमा ठुलो रकम मौज्दात रहेको हुँदा त्यो रकमलाई उत्पादनसँग जोडेर आर्थिक उपार्जनमा लाग्नुपर्नेमा जोड दिए । 

    साधारणसभाको अवसरमा राष्ट्रिय सहकारी बोर्डका पूर्व कार्यकारी सदस्य सन्दिप सापकोटाले ‘सहकारीमा उद्यमशिलताको महत्व’ विषयमा प्रशिक्षण प्रदान गरेका थिए । सो अवसरमा उनले उद्यम विनाका सहकारी सफल हुन नसक्ने र उद्यमी उत्पादन गर्न नसक्ने संस्था सहकरी हुन नसक्ने उल्लेख गरे ।  

    कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक प्रमोद खनाल, सहकारीका सल्लाहकार सुभचन्द्र भुषाल, सेयर सदस्यका तर्फबाट गणेश बस्याल लगाएतले बोल्दै सहकारी सेयर सदस्य मैत्री हुनुपर्नेमा जोड दिए । 

    कुल १५५० जना सेयर सदस्य रहेको निर्माणको १३औं साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गा प्रसाद भुर्तेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 

    संस्थाका उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र सचिव केशरबहादुर पुनको सञ्चालनमा भएको कार्यक्रमको अवसरमा टिका बहादुर परियार र भागिरथी पाध्यानीलाई जेष्ठ सदस्य सम्मान, दुर्गा वाग्लेलाई उत्कृष्ट व्यवसायी र खीमकुमारी बिकलाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको व्यवस्थापक सुशिला भण्डारीले जानकारी दिईन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्माण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।