Logo

२०८३, श्रावण ३०गते


images
images

सहकारी

धान रोपाईँसँगै निर्माणले मनायो १३औं स्थापना दिवस

धान रोपाईँसँगै निर्माणले मनायो १३औं स्थापना दिवस

images
  • धान रोपाईँसँगै निर्माणले मनायो १३औं स्थापना दिवस
    images
    images

    देवदह । निर्माण बहुउद्देश्यीय सहकारी संस्था देवदहले आज धान रोपाईँसँगै १३औं स्थापना दिवस मनाएको छ । २०७० सालमा स्थापना भएको संस्थाले देवदह-८ पाकरी स्थित कृषि फार्ममा धान रोपाईँ कार्यको सुरुवात गर्दै स्थापना दिवस मनाएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै वडाअध्यक्ष हरि पाण्डेले सहकरीले उद्धेश्य बमोजिमको कारोवार गर्ने हो भने वित्तिय जोखिम कम हुने बताए । पछिल्ला बर्षहरुमा सहकारीहरुप्रति गलत र कुप्रचार गरिएको भन्दै नीति, विधि र पद्धतिमा चल्ने सहकरीहरु जोखिममा नपर्ने बताए ।

    images
    images
    images

    बहुउद्देश्यीय सहकारीहरुले विभिन्न क्षेत्रमा काम गर्न सक्ने बताउँदै उनले सेयर सदस्यलाई उत्पादनसँग जोड्ने र सहकारीले बजारीकरणमा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । निर्माणले कृषि क्षेत्रमा काम गरिरहेको भन्दै अध्यक्ष पाण्डेले सेयर सदस्यहरुलाई समुहमा जोडेर थप जग्गामा उत्पादनमुखी काम गर्न सुझाए । आवश्यक परेमा जग्गा व्यवस्थापनको लागि आफुँ सहजीकरण गर्न तयार रहेको उनले बताए । 

    images
    images
    images

    कार्यक्रममा संस्थाको बार्षिक कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मोतीलाल ढकालले सेयर सदस्यलाई सहकारी प्रति आकर्षित गर्न सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले संस्थाको सेयर पुँजी र बचत वृद्धि गर्नका लागि आकर्षक कार्यक्रमहरु तय गरिने र सामुहिक कृषिमा सेयर सदस्यहरुलाई क्रमशः प्रोत्साहन गरिने जानकारी दिए । 

    संस्थाले संघ, प्रदेश र स्थानीय निकायसँगको सहकार्य र सह लगानिमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउँदै उनले आगामी आर्थिक वर्षलाई उद्यमशिलता वर्षको रुपमा लिँदै उद्यमी सेयर सदस्य पहिचान गरी उनीहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने बताए । 

    उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र व्यवस्थापक सुशिला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु, सल्लाहकार, लेखा समितिका पदाधिकारीहरु, उपसमितिका सदस्य तथा सेयर सदस्यहरुको उपस्थिति थियो । संस्थाले शुक्रवार नै करिव डेढ विगाहा क्षेत्रमा धान रोपाई गर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्माण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।