गोविन्द कंडेल, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीमा थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
संकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं. ५ को एक विद्यालयमा कार्यरत शिक्षिका र वडा नं. ६ को त्रिभुवन मा.वि.का शिक्षकमा कोरोना सक्रंमण पुष्टी भएको हो ।
यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३७ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।
उनिहरूमा ज्वरो, रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।
रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको जि.सी.ले बताउनुभयो ।
यसै विच उनिहरूको सम्पर्कमा आएका व्यक्तीहरुलाई सँकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology