Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

शपथ ग्रहण हुने छाँटकाँट देखिएन, किताब बेच्न हिडे : महावीर पुन

शपथ ग्रहण हुने छाँटकाँट देखिएन, किताब बेच्न हिडे : महावीर पुन

images
  • शपथ ग्रहण हुने छाँटकाँट देखिएन, किताब बेच्न हिडे : महावीर पुन
    images
    images

    काठमाडौँ । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् ।

    images
    images
    images

    बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले शपथको टुंगो नभएको भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यलाई कटाक्ष गरेर गाह्रो पिरो नमान्नु भन्दै आफु किताब बेच्न निस्किएको बताएका हुन् । 

    images
    images
    images

    उनले भनेका छन्- -शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु। चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला।’

    images
    images
    images

    पुनलाई केहिदिन अघि पोखरा महानगरका मेयर आचार्यले सडकमा नबस्न सुझाव दिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।