Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित मुद्धामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित मुद्धामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

images
  • सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित मुद्धामा विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
    images
    images

    काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका प्रतिवादीहरूले सुरक्षण प्रेसका लागि सफ्टवेयर तथा उपकरण खरिद गर्दा प्रचलित कानुन विपरीत मिलेमतो गरी अनियमितता गरेका थिए । सम्भाव्यता अध्ययन नगरी, बढी लागत देखाएर तथा आवश्यक नभएका सामग्री खरिद गरी करिब ४० करोड ८५ लाख रुपैयाँ बराबरको हानी पुर्‍याइएको आरोप छ ।

    images
    images
    images

    उक्त मुद्दामा आयोगले बिगो असुलसहित कैद र जरिवानाको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो । तर विशेष अदालतले आंशिक सफाइ दिएपछि आयोगले उक्त फैसला चित्त नबुझेको जनाएको छ ।

    images
    images
    images

    यसै कारण आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्दै पूर्ण न्यायको माग गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अख्तियार
  • # सर्वोच्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।