काठमाडौँ । म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले बेथितिहरु हटाउने अभियान प्रधानमन्त्रीसहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवबाट शुरु गरिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले अब आउने दिनहरुमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद, घुसखोरी, चाकरीवाज, भनसुनवाद सबै बेथितिहरु हटाउने अभियान प्रधानमन्त्री सहित मन्त्रीहरु, नव निर्वाचित सांसदहरु, सचिवहरु सहसचिवहरु बाटनै सुरु गर्नुपर्ने बताएका हुन् ।
उनले माथिका सुध्रिए भने तलका सुध्रिने भन्दै नवनिर्वाचित सासंदहरु भनसुनवाद, नातावाद र चाकरीवाज जस्ता नेपाली कुसंस्कारबाट टाढा बस्न सुझाव दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology