Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

कार्की आयोगको प्रतिवेदनमा ओलीको टिप्पणी : पूर्वाग्रहपूर्ण छ, अस्वीकार्य छ

कार्की आयोगको प्रतिवेदनमा ओलीको टिप्पणी : पूर्वाग्रहपूर्ण छ, अस्वीकार्य छ

images
  • कार्की आयोगको प्रतिवेदनमा ओलीको टिप्पणी : पूर्वाग्रहपूर्ण छ, अस्वीकार्य छ
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदन अस्वीकार्य भएको बताएका छन् ।

    images
    images
    images

    नेकपा एमालेका नवनिर्वाचित सांसदहरुलाई विशेष निर्देशन दिने कार्यक्रममा बोल्दै ओलीले आयोगको प्रतिवेदन यथार्थमा आधारित नरहेको बताउदै यो पूर्वाग्रहपूर्ण रहेको र आफुहरुले अस्वीकार गर्ने बताएका हुन् । 

    images
    images
    images

    कार्की आयोगले आफुलाई फौजदारी अभियोग लगाउन सिफारिस गरेको उल्लेख गर्दै आयोगले सिफारिस गरेको दफामा सो व्यक्ति जुनसुकै अवस्थामा उपस्थित हुनुपर्ने व्यवस्था रहेको जिकिर गरेका छन् ।

    images
    images
    images

    ओलीले गोली चलाउने र आदेस दिने विषयमा प्रधानमन्त्रीको भूमिका नरहने दोहोराएका छन् । 

    गौरी बहादुर कार्की आयोगका पदाधिकारी पहिला नै एमालेविरुद्ध आग्रह पूर्णरुपमा विषाक्त अभिव्यक्ति दिएका व्यक्ति रहेकाले उनीहरुले बनाएको प्रतिवेदन यथार्थ आउछ भन्न नसकिने पहिला नै बताएको उल्लेख गरे ।

    उनले पूर्वाग्रह रुपमा आफ्नो नाम प्रतिवेदनमा समावेश गरिएको दाबी गर्दै घृणाको राजनीति गर्न यस्तो गरिएको बताएका छन् । उनले आफु प्रधानमन्त्री भए बापत अपराधी हुनुपर्ने भन्दै प्रश्न गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कार्की आयोग
  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।