Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

तेहरानस्थित टेलिभिजन च्यानलको मुख्य कार्यालयमा हवाई आक्रमण

तेहरानस्थित टेलिभिजन च्यानलको मुख्य कार्यालयमा हवाई आक्रमण

images
  • तेहरानस्थित टेलिभिजन च्यानलको मुख्य कार्यालयमा हवाई आक्रमण
    images
    images

    काठमाडौँ । इरानको राजधानी तेहरानमा एक टेलिभिजन च्यानलको मुख्य कार्यालयमा हवाई आक्रमण भएको छ । प्राप्त जानकारीअनुसार उक्त आक्रमणमा अल अरबी टेलिभिजनको कार्यालयमा क्षति पुगेको छ ।

    images
    images
    images

    इरानी सञ्चार माध्यमका अनुसार आक्रमणबाट कार्यालय भवनसहित आसपासका संरचनामा पनि क्षति पुगेको छ । यस घटनामा मानवीय क्षतिबारे भने अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

    images
    images
    images

    यसैबीच इरानमा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्था ३०औँ दिनमा पुगेको छ । निगरानी संस्थाका अनुसार नागरिकहरू करिब ६९६ घण्टादेखि बाहिरी विश्वसँग सम्पर्कविहीन रहेका छन् ।

    images
    images
    images

    अमेरिका र इजरायलको आक्रमणपछि इरानी सरकारले इन्टरनेट पहुँच लगभग पूर्ण रूपमा बन्द गरेको बताइएको छ । यसअघि पनि सरकारविरोधी प्रदर्शनका क्रममा केही सातासम्म यस्तै रूपमा इन्टरनेट सेवा बन्द गरिएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तेहरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।