Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अन्तिम श्रद्धाञ्जलीका लागि खामेनीको शव तेहरानको मस्जिदमा राखियो

अन्तिम श्रद्धाञ्जलीका लागि खामेनीको शव तेहरानको मस्जिदमा राखियो

images
  • अन्तिम श्रद्धाञ्जलीका लागि खामेनीको शव तेहरानको मस्जिदमा राखियो
    images
    images

    काठमाडौँ । इजरायल र अमेरिकाको आक्रमणमा मृत्यु भएका इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी तथा उनका परिवारका सदस्यहरूको शव तेहरानस्थित एक मस्जिदमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको छ ।

    images
    images
    images

    इरानी मिडियाका अनुसार विभिन्न देशबाट इरान पुगेका विदेशी प्रतिनिधिहरूले तेहरानमा आयोजित प्रार्थना सभामा सहभागी भई श्रद्धाञ्जलि अर्पण गरेका छन् । यो कार्यक्रम दिनभर सञ्चालन हुने जनाइएको छ ।

    images
    images
    images

    समारोहमा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी, तालिबान प्रशासनका विदेशमन्त्री आमिर खान मुत्तकी तथा चीनको कम्युनिष्ट पार्टीका एक वरिष्ठ पदाधिकारी सहभागी भएका छन् । ताजिकिस्तान, चीन र भारतका केही अधिकारी पनि कार्यक्रममा सहभागी हुने तयारीमा रहेको बताइएको छ ।

    images
    images
    images

    गत फेब्रुअरीमा भएको आक्रमणमा खामेनेईका ज्वाइँ, नाति, एक छोरी तथा बुहारीसहित परिवारका अन्य सदस्यहरूको पनि मृत्यु भएको थियो ।

    खामेनीको अन्त्यष्टिमा इरानमा २ करोड भन्दा बढी मानिस सहभागी हुने अनुमान गरिएको छ । यसअघि सन् १९८९ मा इस्लामिक गणतन्त्रका संस्थापक आयातुल्ला रुहोल्लाह खोमेनीको अन्त्येष्टिमा करिब १ करोड मानिस सहभागी भएका थिए । त्यो समयमा भीड अत्यधिक हुँदा भागदौड मच्चिएको थियो, जसमा कम्तीमा ८ जनाको मृत्यु र हजारौं घाइते भएका थिए। यस पटक पनि अधिकारीहरू ठूलो भीड व्यवस्थापन गर्न र दुर्घटना रोक्न तयारीमा जुटेका छन् ।

    इस्लामिक परम्परामा सामान्यतया मृत्यु भएको एक-दुई दिनमै अन्त्येष्टि गरिन्छ। तर यस पटक युद्धको अवस्था र ठूलो भीड व्यवस्थापनको कारण ढिलाइ भएको अधिकारीहरूको भनाइ छ । मशहद ईरानको प्रमुख धार्मिक शहर हो । यहाँ इमाम रेजाको दरगाह रहेको छ, जसलाई शिया मुसलमानहरू अत्यन्त पवित्र स्थल मान्छन् ।

    इमाम रेजा शिया परम्पराका आठौँ इमाम मानिन्छन्। उनको दरगाह संसारकै ठूलो धार्मिक स्थलमध्ये एक हो, जहाँ हरेक वर्ष करोडौँ श्रद्धालु पुग्छन् । त्यही कारण खामेनेईलाई त्यहीँ दफन गर्दा उनको नाम शिया परम्पराका अत्यन्त सम्मानित धार्मिक व्यक्तित्वसँग जोडिने बताइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • # तेहरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।