Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

खामेनीको स्थानमा आउने सर्वोच्च नेतालाई पनि निशाना बनाउछौं- इजरायली रक्षामन्त्री

खामेनीको स्थानमा आउने सर्वोच्च नेतालाई पनि निशाना बनाउछौं- इजरायली रक्षामन्त्री

images
  • खामेनीको स्थानमा आउने सर्वोच्च नेतालाई पनि निशाना बनाउछौं- इजरायली रक्षामन्त्री
    images
    images

    काठमाडौँ । इजरायलले केही समयदेखि नै इरानका सर्वोच्च नेतालाई जहाँ लुकेका भए पनि निशाना बनाउने चेतावनी दिँदै आएको थियो । अहिले खामेनीलाई आक्रमण गरेपछि उनको स्थानमा आउने व्यक्तिलाई समेत लक्षित गर्ने बताएको छ ।

    images
    images
    images

    इजरायली रक्षा मन्त्री इजरेल काट्जले खामेनीको स्थान लिने जो कोहीलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् । उनले भनेका छन्- 'इरानी आतंकवादी शासनद्वारा नियुक्त कुनै पनि नेता निर्मूलनको लागि स्पष्ट लक्ष्य हुनेछ, प्रधानमन्त्री र मैले सेनालाई अपरेशन 'लायन्स रोअर' को उद्देश्यको अभिन्न अंगको रूपमा मिसन पूरा गर्न आवश्यक सबै तरिकाले तयारी गर्न र कार्य गर्न निर्देशन दिएका छौं ।'

    images
    images
    images

    विश्लेषकहरूका अनुसार खमेनीको हत्या सैन्य कारबाहीका हिसाबले मात्र होइन, त्यसअघि गरिएको गोप्य सूचनाको तयारीका कारण पनि ठूलो सफलता मानिएको छ ।

    images
    images
    images

    यसअघि गाजामा हमास नेतृत्वलाई खोजी खोजी निशाना बनाउने रणनीति अपनाइएको थियो । लेबनानमा पनि यस्तै कदम चालिएको उदाहरण देखिएको छ । विश्लेषकहरूका अनुसार धम्की दिने र आवश्यक परे कार्यान्वयन गर्ने नीति इजरायलको रणनीतिक अभ्यासको एक हिस्सा बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।