Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

खामेनीलाई दफन गरिने इमाम रजाको दरगाह किन छ विशेष ?

खामेनीलाई दफन गरिने इमाम रजाको दरगाह किन छ विशेष ?

images
  • खामेनीलाई दफन गरिने इमाम रजाको दरगाह किन छ विशेष ?
    images
    images

    काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई शिया मुस्लिमहरूको अत्यन्तै पवित्र धार्मिकस्थल मानिने इमाम रजाको दरगाहमा दफन गरिने भएको छ । यो दरगाह इरानको मशहद सहरमा रहेको छ, जहाँ हरेक वर्ष विश्वभरबाट लाखौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन् ।

    images
    images
    images

    शिया इस्लामका १२ पवित्र इमाममध्ये इमाम रजा मात्र यस्ता इमाम हुन्, जसको समाधि इरानमा रहेको छ । अन्य सबै इमामका समाधि साउदी अरेबियाको मदिना तथा इराकका नजफ, करबला र सामर्रामा छन् ।

    images
    images
    images

    शिया परम्पराअनुसार इमाम रजा आठौँ इमाम हुन् । उनको बढ्दो लोकप्रियताबाट त्रसित तत्कालीन अब्बासी शासकले विष खुवाएर हत्या गराएको विश्वास गरिन्छ । उनलाई दफन गरिएको स्थानलाई पछि ‘मशहद’ अर्थात् ‘शहादत भएको स्थान’ नाम दिइएको हो । अहिले मशहद इरानको दोस्रो ठूलो सहर हो र शिया समुदायका लागि मक्का, मदिना र करबलापछि सबैभन्दा पवित्र तीर्थस्थलमध्ये एक मानिन्छ ।

    images
    images
    images

    तेहरानमा अत्यधिक गर्मीका बीच पनि हजारौँ मानिस अयातुल्ला खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन सडकमा उत्रिएका छन् । ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रमका बीच कालो पोसाकमा सहभागी श्रद्धालुहरू अन्तिम यात्रामा सहभागी भएका थिए । गर्मीबाट राहत दिन दमकलका गाडीमार्फत भीडमाथि पानी छर्किएको थियो । विभिन्न स्थानमा श्रद्धालुहरूलाई तरबुजा र चिसो पेय पदार्थ पनि वितरण गरिएको थियो । इरानी रेड क्रिसेन्ट सोसाइटीले सहभागीहरूलाई गर्मीबाट बच्न, भीडभाडमा धक्का-मुक्का नगर्न र जुलुससँगै सावधानीपूर्वक अघि बढ्न आग्रह गरेको थियो ।

    अन्तिम संस्कारमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमान्डर अहमद वाहिदी पनि सहभागी भएका थिए। उनी सार्वजनिक कार्यक्रममा कमै देखिने भएकाले उनको उपस्थितिले विशेष चर्चा पाएको छ। इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका तस्बिर र भिडियोमा वाहिदीलाई समारोहको पहिलो पङ्क्तिमा बसेको देखिएको छ । कार्यक्रममा सहभागी धेरै व्यक्तिले उनीसँग तस्बिर समेत खिचाएका थिए । अहमद वाहिदी सन् १९७० को दशकको अन्त्यतिर इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको स्थापना कालदेखि नै उक्त संगठनसँग आबद्ध छन् । उनले सन् १९८० को दशकमा गुप्तचर तथा सैन्य क्षेत्रमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । विभिन्न प्रतिवेदनअनुसार उनले सन् १९८८ देखि १९९७ सम्म कुद्स फोर्सको नेतृत्व पनि गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खामेनी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।