Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

ओली र लेखकको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट मा आज सुनुवाई हुने

ओली र लेखकको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट मा आज सुनुवाई हुने

images
  • ओली र लेखकको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट मा आज सुनुवाई हुने
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

    images
    images
    images

    ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । त्यस्तै लेखकको तर्फबाट यशोदा लेखकले रिट दायर गरेकी हुन् । सर्वोच्च प्रशासनले दुवै रिट दर्ता भएको र सोमबार (आज) सुनुवाई हुने जानकारी दिएको छ ।

    images
    images
    images

    रिटमा कानुन विपरीत ओली र लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

    images
    images
    images

    यता जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरी हिरासतमा छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।