Logo

२०८३, श्रावण ३०गते


images
images

कपिलवस्तुका सबै स्थानीय तहमा एकीकृत समाजवादीको पालिका कमिटी गठन

कपिलवस्तुका सबै स्थानीय तहमा एकीकृत समाजवादीको पालिका कमिटी गठन

images
  • सेतोमसी सहकर्मी
  • कपिलवस्तुका सबै स्थानीय तहमा एकीकृत समाजवादीको पालिका कमिटी गठन
    images
    images

    कपिलवस्तु । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले जिल्लामा १० वटै स्थानीय तहमा पालिका कमिटी गठन गरेको छ । तत्कालिन एमालेबाट विद्रोह गरि पार्टी गठन भएको ८ महिना मै जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिका गरि १० वटै पालिकामा एकीकृत समाजवादीले कमिटी गठन गरेको हो ।

    images
    images
    images

    दिन प्रतिदिन पार्टी प्रति जनताको आकर्षण बढेको भन्दै छोटो समयमा नै जिल्लाका सबै पालिकामा कमिटी गठन गर्न सकिएको पार्टीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिए ।

    images
    images
    images

    शनिबार मात्र जिल्लाको महाराजगञ्ज नगरपालिकामा अहिर अहमद खानको अध्यक्षतामा ३५ सदस्यिय नगर कमिटी गठन भएको छ । यो संगै जिल्लाका सबै पालिकामा एकीकृत समाजवादी गठन भएको हो ।

    images
    images
    images

    जिल्लाका ९६ वडा मध्ये आधा भन्दा बढी वडामा वडा कमिटी गठन भएको पार्टीको प्रचार विभागले जनाएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकिए संगै वडा वडामा दिनहुँ जसो वडा कमिटी गठन भैरहेको प्रचार विभागले जानकारी दिएको छ ।

    १० पालिका मध्ये एकीकृत समाजवादीको वाणगंगा नगर कमिटीमा दिपक पन्थीको नेतृत्व, बुद्धभूमि नगरपालिकामा भुवन खनालको नेतृत्व, शिवराज नगरपालिकामा सरोज पौडेलको नेतृत्व, कृष्णनगर नगरपालिकामा इन्तेखाव अहमद खाँको नेतृत्व, कपिलवस्तु नगरपालिकामा रफिक अन्सारीको नेतृत्व, मायादेवी गाउँपालिकामा रामनरेश कहारको नेतृत्व, शुद्धोधन गाउँपालिकामा युसुफ मुसलमानको नेतृत्व, विजयनगर गाउँपालिकामा पूर्णवासी तेलीको नेतृत्व, यशोधरा गाउँपालिकामा सराखत अलीको नेतृत्वमा पालिका कमिटी गठन भएको एकीकृत समाजवादीका जिल्ला सचिव ओमप्रकाश कुर्मीले जानकारी दिए ।

    अधिकांश भातृसंगठन पनि गठन

    यस्तै एकीकृत समाजवादी कपिलवस्तुले अधिकांश भातृ संगठन पनि गठन गरेको छ । पार्टी गठन लगत्तै अनेरास्ववियू, युवा संघ नेपाल गठन गरेको एकीकृत समाजवादीले पेशागत संगठन समेत गठन गरेको छ ।
    अनेरास्ववियूको जिल्ला अध्यक्षमा दिपक अनुरागी, युवा संघ नेपालको जिल्ला अध्यक्षमा कृष्ण कार्की, अनेमसंघ (समाजवादी)को अध्यक्षमा करिष्मा चन्द, प्रगतिशिल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा दिपक पासी, नेपाल दलित मुक्ति संगठनको जिल्ला अध्यक्षमा तुल्सीराम छिपि, समाजवादी प्रेस संगठनमा कलम घिमिरे, राष्ट्रिय उद्योग व्यापार संगठनमा शान्ति क्षेत्रीको नेतृत्व रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।